बैशाख २०७८ ०५ आइतवार 18th April 2021

हाम्रो बारे

देश विदेशमा बस्ने हामी सम्पूर्ण नेपालीहरुलाई नेपाली मिति/तिथि ( बिक्रम संबत ) तथा चाड पर्ब र महत्वपूर्ण दिनहरुको बारेमा जान्न सजिलो होस् भन्ने उदेश्य राखेर यो बनाइएको हो | पृष्ठको सबैभन्दामाथि दाहिने तर्फ रहेको यन्त्र प्रयोग गरेर मिति रुपान्तरण ( बि सं बाट AD, तथा AD बाट बि सं ) पनि गर्न सकिन्छ | यसलाई सकेसम्म सफा, सरल र उपयोगी बनाउन प्रयास गरिएको छ र हाम्रो त्यो प्रयास निरन्तर जारि रहने छ |

प्रिय पाठक,

हाम्रो फेसबुक पेज http://www.facebook.com/nepalese.org र टिवटर लिंकमा http://twitter.com/wwwnepaleseorg पनि शेयर गरेर मदत गर्न सक्नुहुन्छ । तपाईंको साथ हाम्रा लागि सारथी सावित हुनेछ ।
 
हाम्रो बारे
मनहरु इन्टरनेटसँग जोडिने क्रम बढ्दो छ । इन्टरनेट संसारसँग जोडिएको छ । त्यसैले संसार एउटा सानो विद्युतीय सञ्चारग्राममा रुपान्तरण हुँदैछ । विकसित मुलकले गरेका प्रगति क्षणभरमै इन्टरनेटमार्फत अविकसित र अल्पविकसित मुलुकमा पुग्छ भने अविकसित र अल्पविकसित मुलुकले पनि आफ्नो समस्या इन्टरनेटकै माध्यमबाट बाहिर ल्याउन सक्छन् । कुनै महासभा, भेलामा समस्या सम्बोधनको फाइल पढिरहन पर्दैन । नेपालमा पनि सूचनाको क्रान्ति हुँदैछ । स्मार्ट फोन बोक्ने ग्राहकको संख्या बढ्दो छ । नयाँ प्रविधि र प्रविधिले भित्र्याएका सुविधामा नेपाली समाज घुलमिल हुँदैछ । यति हुँदाहुँदै पनि अत्यासलाग्दो भिड देखिन्छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । उस्तै भिड देखिन्छ गाउँ विकास समिति कार्यालयमा राहदानीको सिफारिसका लागि । त्यही भिड जोडिन्छ सदरमुकामस्थित सिडिओ कार्यालयमा राहदानीकै सिफारिसका लागि र राहदानी पाउन राजधानी धाउनेहरुको भिड देखिन्छ परराष्ट्र मन्त्रालयमा । अनि हरेक दिन सुकुमार सपना बोकेर विदेश पुग्ने होड देखिन्छ विमानस्थलमा ।
 
फर्कनेहरु समस्या र दुखका बाक्सा बोकेर आएका छन् । केहीले सुखसयल र बाँकी जीवनका लागि पुग्ने आम्दानीका ब्रिफकेस पनि ल्याएका छन् । मुलुकमा अवसरको ढोका खोल्न राज्यले गरेको प्रयास सार्थक भइरहेको छैन । त्यसैले राज्यप्रति निरास, दलहरुप्रति वितृष्णा र वैदेशिक रोजगारीमा आकर्षण बढ्नु पटक्कै अन्यथा होइन । यसैले विद्युतीय सञ्झ्यालमा हामी जोड्न चाहन्छौँ तपाईंलाई । हामी समाजका विकृतिको सपाट तस्बिर ल्याएर अनलाइनको भिजिटर बढाउने उद्धेश्यबाट प्रेरित छैनौँ । तर, समाजको विकृति निराकरणका लागि हातेमालो गर्नेछौँ । विदेशमा रहेका नेपाली समुदायका दुःखसुखका पाटालाई समावेश गर्नेछौँ अनि मुलुकका हरेक गतिविधिलाई विनास्वार्थ निष्पक्ष भएर पस्कनेछौँ । समयमा हामी सूचना दिनेछौँ । सूचना पाएपछि हरेक नागरिकले धारणा आफैँ बनाउनेछन् र फैसला गर्नेछन् ।
 
तपाईंको धारणा, फैसला नयाँ नेपाल निर्माणका लागि एउटा माइलस्टोन हुन सक्छ । विकृतिका तस्बिर बाँडेर हामी समाजलाई अरु भ्रष्टिकरणमा लैजान चाहन्नौँ तर बदिलिँदो समाजका सपाट तस्बिरलाई ल्याएर मानवीय नाताले भूलसुधार गर्दै प्रगतिमा लम्किन सकेको जोडबल गर्नेछौँ । यसका लागि काठमाडौंमा सम्पादन, व्यवस्थापन, प्रविधि विभाग २४ सै घण्टा क्रियाशील रहनेछ भने देशभर हाम्रा सहकर्मीहरु कतै पार्टटाइम त कतै फूलटाइम नयाँ विषयवस्तु दिन हरदम क्रियाशील छन् । नेपालबाहिर नेपाली समुदायसँग जोडिएका हाम्रा शुभचिन्तक, शुभेच्छु र सहकर्मी छन् । आमनागरिकलाई आमसञ्चारको माध्यमबाट सिर्जनशील, सचेत, क्रियाशील र राष्ट्रवादी बनाउनुसँगै मुलुकमा अवसरका ढोका खोल्नु पनि हाम्रो ध्येय हुनेछ । निरास, उदाश, उमंगहीन फुंग उडेका अनुहारमा आसाको रक्तसञ्चार गराउन सक्नु पनि हाम्रो ठूलै उपलब्धी हुनेछ । निरन्तर यहाँहरुसँग सहकार्यको अपेक्षसहित ।
 
Vision Statement:
To become leader in Nepal as a trusted and creative media online network and connect all Nepalese around the world by creating, collecting and distributing high-quality news, information and entertainment.
 
Mission Statement:
To deliver captivating contents to our users which enlightens, encourages and entertains through:
• Engaging talented, creative and high-spirited youths
• Reaching deeper, broader and closer with our content, platforms and interactions
• Respecting the diversity and humanity
• Achieving outstanding results efficiently; and
• Raise voice for the voiceless
 
Values:
Networking – We connect Nepal and Nepalese around the World
Ethics– We will always drive with integrity and honesty
Patriotic – We will always be loyal to our Country, Culture and Citizens
Advocacy – Working to transform our world by encouraging spiritual growth, welcoming innovation and provide hope for the future.
Love – We love what we do to deliver best result
Equality – Respect and Service to all regardless of creed, ethnic or social background, health, gender or political opinions
Support – We support and foster partnership among National and International Non-Profit organizations or government to stand for human rights and to respond to diverse audience needs.
Elaborate –we will always try to grow bigger and better by establishing relationships based on respect, trust, friendship and perception.
 
बिमल महर्जन (कार्यकारी अध्यक्ष)
आउँदा दिनहरु
  • लोकतन्त्र दिवस, द्वादशी
    ६ दिन बाँकीबैशाख ११
  • क्रिसमस, षष्ठी
    २५१ दिन बाँकीपौष १०
  • घोडेजात्रा, द्वितीया
    ३३६ दिन बाँकीचैत्र ०६
  • राम नवमी, एकादशी
    ३४४ दिन बाँकीचैत्र १४
मह्त्वपुर्ण दिनहरु
  • लोकतन्त्र दिवस६ दिन बाँकी
  • क्रिसमस२५१ दिन बाँकी
  • घोडेजात्रा३३६ दिन बाँकी
  • राम नवमी३४४ दिन बाँकी

मिति रुपान्तरण / Date Converter

माथिको मिति रुपान्तरक यन्त्र प्रयोग गरेर आफूले चाहेको मिति बिक्रम संबत बाट एन्नो डोमिनि (बि. सं. बाट ए. डी.) तथा एन्नो डोमिनि बाट बिक्रम संबत ( ए. डी. बाट बि. सं.) मा रुपान्तरण गर्नुहोला।