बैशाख २०७८ २९ बुधवार 12th May 2021

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ। तर, तत्काललाई धेरै श्रमपछि कम मूल्य पाइने योग छ । भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ला । लगानीको तुलनामा कम प्रतिफल पाइएला । तापनि, आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ ।

बृष

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतिष्ठित काम गर्ने मौका छ । मातापिताको सहयोग प्राप्त होला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ ।

मिथुन

का, कि, कु, घ, ङ, छ, के, को, ह

सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । आज सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुन सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका देलान्, सचेत रहनुहोस् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। तर, शारीरिक अस्वस्थता सम्भावना छ ।

कर्कट

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले काम बन्नेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला। दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ।

कन्या

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

व्यावसायिक काममा राम्रै फाइदाको योग छ। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ। द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ। कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ।

तुला

र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। व्यापारमा भने कम मात्र फाइदा होला। केही कमजोर भएको अनुभूति हुनेछ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले आज विशेष फाइदा हुन सक्छ। केही अप्रिय समाचारले अलि चिन्ता बढ्न सक्छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। खानपानको असावधानीले स्वास्थ्यमा बाधा हुने देखिन्छ।

बृश्चिक

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आँटेका काममा केही बाधा हुन सक्छ। आफन्तजनसँग टाढिनुपर्ला। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले काममा चुनौती आउने देखिन्छ। मातृधन, पशुधन र जमिनबाट फाइदा हुनेछ। परिवारजनको सहयोगले पनि लाभ उठाउन सकिनेछ। तर, अरूको सुझाव अप्रिय लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा होला।

धनु

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नपर्ला। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

मकर

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। राम्रै फाइदा हुने दिन छ।

कुम्भ

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अलि बाध्यताका काममा जुट्नुपर्ला । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा अलि सावधानी अपनाउनुपर्ला । दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ ।

मीन

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना देखिन्छ। केही मात्रामा खर्च बढ्नेछ । आलस्य पनि जाग्नेछ । धैर्यले काम लिने प्रयत्न गर्दा फाइदाको समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट लाभ उठाउन सकिनेछ ।

आउँदा दिनहरु
  • क्रिसमस, षष्ठी
    २२७ दिन बाँकीपौष १०
मह्त्वपुर्ण दिनहरु
  • क्रिसमस२२७ दिन बाँकी

मिति रुपान्तरण / Date Converter

माथिको मिति रुपान्तरक यन्त्र प्रयोग गरेर आफूले चाहेको मिति बिक्रम संबत बाट एन्नो डोमिनि (बि. सं. बाट ए. डी.) तथा एन्नो डोमिनि बाट बिक्रम संबत ( ए. डी. बाट बि. सं.) मा रुपान्तरण गर्नुहोला।